Thursday, July 30, 2009

जातियता ,धार्मिकता र क्षेत्रियताको आडमा गरिने राजनीति कति उचित छ ? --आचार्य कुशल कुमार




जातियता ,धार्मिकता र क्षेत्रियताको आडमा गरिने राजनीति कति उचित छ ? -आचार्य कुशलकुमार निरौला 

"अहिँसा परमो धर्म:" भन्ने वैदीक मूल मन्त्रको आडमा उभिएको सनातन धर्म:आफैमा परिपूर्ण छ । यसका अनुयायीहरुले सनातन धर्मलाई नै आफ्नो सर्वस्व: मानेकाछन् । वास्तवमा आजको यस वैज्ञानिक युगका धार्मिक ठेकेदार भनाउँदाहरुले नै यस हिन्दू नामक सनातन धर्मको मर्मलाई नबुझेर धर्मको नाममा समाजको आस्था र विश्वासमाथि प्रश्न चिन्ह खडा गरिदिएकाछन् । गुरुकुलको मर्यादा भन्दा टाढै रहेर सँस्कृत जस्तो गहन र जटिल विषयको अध्ययन नगरिकन बावु-बाजेले गरिल्याएको पेशो भन्दै केवल सुनेको र देखेको भरमा गरिदै आएको कर्मकाण्डको परिपाटि  र त्यसबाट अहिलेको समाजमा परेको नकारात्मक असर नै धर्मोत्थानमा बाधक सिद्ध भएकोछ । अहिलेको परिप्रेक्षमा धर्मको नाममा एउँटा क्रान्ति हुनु अत्यावश्यक छ । जुन क्रान्तिले समाजलाई नयाँ धार्मीकमोडमा उभ्याउँन सकोस् । हाम्रो समाजले धार्मिक शिक्षा पाएकै छैन,धर्मको नाममा गरिने यज्ञ र अनुष्ठान देखिलिएर पुराण र प्रवचन आदिको आयोजन सबैमा अर्थलोलुपताको धमिरो लागेर धर्मको नाममा राम्रो ब्यापार मात्रै बनेको छ । परिणाम दिनानु दिन धर्म प्रतिको आस्था र विश्वास लुप्त प्राय: हुदै जादै छ 


केहो धर्म भनेको ?
"धर्मस्य तत्व निहीतँ गुहाया महाजनो ये न: गता सा पन्था:"
अर्थात्: धर्मको तत्वलाई खोज्दै जाने हो भने अन्तर्निहीत गुफाबाट एउँटै आवाज आउँछ जसलाई महापुरुषहरुले
अवलम्बन गरेका छन् । "धृयते अध: पतन् अनेन इति धर्म:" जो आफ्नो कर्तव्य च्युत भएर कुमार्गमा भट्कि रहेकाछन् तिनीहरुलाई माथि उठाउँनु,बाटो देखाउँनु नै धर्म हो । धर्म कुनै व्यक्ति विशेष, जाति विशेष वा सम्प्रदाय विशेषको प्यवा तत्व हैन जसमा जो सुकैले  पनि अवलम्बन गर्न सक्छ । तर त्यसको मर्मलाई बुझेपछि पाइने आनन्दको महत्व भिन्दै हुन्छ 

सँसारको सबैभन्दा पुरानो धर्म हिन्दु धर्म हो भने सँसारको सबैभन्दा प्राचिन ग्रन्थ ऋग्वेद हो । वेदको मर्मलाई बुझेर वेदले भने बमोजिम चल्नु नै धर्म हो भने वेदको निन्दा गर्नु,वेदले भनेको आचरण नगर्नु नै अधर्म हो । अब प्रश्न उठ्छ वेदले के भनेको छ? वेदमा के छ? भन्ने आदि उपदेश हामीलाई कसले दिन्छ त? भन्दा वेदका अध्ययनकर्ता ,धर्मगुरुहरुको आश्रय , महापुरुषको सँगतिबाट मात्र हामीलाई धर्मको तत्व थाहा हुन्छ । त्यसैले धर्मको तत्वलाई जान्नु छ भने महापुरुषहरुको सँसर्ग अत्यावश्यक छ । हामी जातिका कुरा गर्छौ,जतियताको नाममा राजनीति गर्छौ , यसलाई आफ्नै तरिकाले समाजमा घटाउँन सक्दो किशिस गर्छौ ,उच्च पदस्थ भ्रष्ट राजनीतिज्ञ भनाउँदाहरुको आड लिएर वर्णाश्रम व्यवस्था र चार जातको मान र मर्यादालाई नै भङ्ग गर्ने सक्दो प्रयत्न गर्छौ ,के यो उचित छ त? के भन्छन् धर्म ग्रन्थहरुले ? कहाँबाट आए चार जात ? यस विशयमा विवेचन गरौ --
वेदले नै चार जात छुट्याएको छ ब्राह्मण,क्षेत्रिय,वैश्य र शूद्र । भनिएको छ - " ब्राह्मणोsस्य मुखमासीद् बाहू राजन्य:कृत: ऊरू तदस्य यद्वैश्य: पद्भ्या गुँ शूद्रोsजायत ||"वेद भगवान भन्नु हुन्छ- आदि पुरुष नारायणका मुखबाट ब्राह्मण निस्किए,बाहुबाट क्षत्रिहरु निस्किए, जङ्घाबाट वैश्यहरु निस्किए भने पाउँबाट शूद्रहरु निस्किए जसलाई हामी चार जात भन्ने गर्छौ । आजका यी धर्म द्रोहि असक्षम राजनीतिज्ञ भनाउँदाहरु धर्मको नाममा राजनीति गरेर, चुनाबमा भोट पाउँने आशामा मुठ्ठिभर जनताको आडमा उभिएर जातियता,धार्मीकता र क्षेत्रियताको राजनीतिमा जुटेका छन् । जून कुनै पनि दृष्टिकोणबाट सक्षम हुनसक्दैन । हिजो सम्म विश्वको एउटै मात्र हिन्दु राष्ट्रको गरिमामय नामले चिनिने हाम्रो देश यस्तै अर्थलोलुप भ्रष्ट राजनीतिज्ञहरुको गलत निर्णयले गर्दा आज विश्वमान चित्रबाट लुप्त प्राय: हुने खतरामा छ । छँदा छदैको आफ्नो मान र सम्मान आफैले गुमाएर यी नेता भनाउँदाहरुले के गर्न खोजेका हुन्? हेर्न बाँकिनै छ । धर्मको नाममा राजनीति हुनुहुदैन धर्म स्वतन्त्र छ चाहे त्यो जुन सुकै किन नहोस् । कुनै पनि धर्मले हिँसाको बाटो अवलम्बन गर्दैन यदि हिँसाको बाटोमा चल्छ भने त्यो धर्म हुन सक्दैन किनकि जोसुकैलाई वाच्ने अधिकार पूर्ण छ । धर्मको नाममा राजनीति हुनु हुदैन तर राजनीतिमा धर्म हुनु अतिआवश्यक छ । यदि कुनै राजनीतिज्ञ या राजनेता धर्मको आडमा उभिएर धार्मीक मान्यता बमोजीम राजनीति गर्छ भने उसको राजनीति सर्वमान्य र अकाट्य हुन्छ । धर्म विरोधि सरकार कहिल्यै सफल हुन सक्दैन । यसका प्रमाणहरु प्रशस्तै पाईन्छन् । अत: सफल राजनीतिज्ञलाई धार्मीक आस्थाका साथ-साथै धार्मीक जानकारी पनि हुनु आवश्यक हुन्छ |

जातियता:-
जात भन्नाले चार जात भन्ने बुझ्नु पर्छ । जसमा ब्राह्मण, क्षेत्रिय, वैश्य र शूद्र पर्दछन् । ब्राह्मणको कर्तव्य वेद अध्ययन गर्ने-गराउँने,यज्ञ गर्ने-यज्ञ गराउँने, दान लिने-दान दिने एवँ आफू भन्दा तलका जातिहरुलाई धर्मको ज्ञान दिँदै धर्माचरण गर्न प्रेरणा दिने । क्षेत्रियले ब्राह्मणले गरेको जति सबै कार्य गर्न सक्छ तर दान लिने अधिकार केवल ब्राह्मणलाई मात्र छ । देशको सुरक्षा गर्नु र धर्मको रक्षा गर्नु युद्ध गर्नु , युद्धको मैदानबाट पीठ फर्काएर कहिल्यै पनि नभाग्नु र ब्राह्मणको रक्षा गर्नु क्षेत्रियको कर्तव्य हो । वैश्यको मुख्य काम व्यापार गर्नु र आफू भन्दा माथिका जातहरुको आदर -सत्कार पूर्वक धर्माचरण गर्नु नै हो भने शूद्रको काम आफूभन्दा माथिका तीन जातको आदर गर्दै धर्माचरण गर्नु नै हो । अहिलेका ब्राह्मणहरुलाई मँ ब्राह्मण हूँ भन्न समेत लाज लाग्छ । खाने नखाने सबै खानु पर्ने हुन्छ अनि ब्राह्मणको नामले खाँदा समाजले बहिष्कार गर्छ भन्ने डरले पनि सताई रहन्छ बरु अब ब्राह्मण क्षेत्रियको मुद्दा नै हटाइ दिउँ भन्ने तिर लाग्न थाले यीनै उच्च पदस्थ राजनीतिज्ञ भनाउँदाहरु । ब्राह्मणलाई अन्यवर्ग सँग मिलेर खाने धोको छ भने क्षेत्रियलाई आफैमा भरोसा छैन वैश्य र शूद्रहरुलाई कहिले ब्राह्मणको घर भित्र पस्नु र भात छोई दिनु भन्ने धोको छ । माथ्लो तहमा सबैको मिलिभगत छ लडछन् तलका सामान्य सोझा-साझा जनता । यस्तो जातियताको नाममा गरिने राजनीति र स्वार्थीपनको राजनीतिले समाजलाई के शिक्षा देला र ?
धार्मिकताको राजनीति
सबैलाई आफ्नो इच्छा अनुसार धर्मका प्रति आस्था र विश्वास राख्ने पूर्णाधिकार भएको यस परिप्रेक्षमा जस कसैले भनेको र सुनेको आधारमा कसैको लह-लहैमा लागेर विवेकको उपयोग नगरिकन गरेको नीर्णयले आसानुकुल सफलता दिन सक्दैन । जबर्जस्ति तवरले कसैलाई पनि धर्म परिवर्तन गराउँने अधिकार छैन । धर्म सब्दनै आफैमा परिपूर्ण छ जो जन्म जात सिद्ध हुन्छ परिवर्तन भन्ने त प्रश्न नै उठ्दैन । हर कसैले आफ्नो भीड जुटाउँन र आफ्नो पक्षमा उभिन सक्दो प्रयत्न गर्छ त्यसको लागि उँ जुनसुकै हद सम्म पनि जान हिच्किच्याउँदैन । त्यसको लागि उच्चपदस्थ राजनेताहरुको सहयोग माग्छ, नेता-नेतामा शक्ति प्रदर्शन हुन्छ मार जनतामा पर्छ । यस्तो धर्मको नाममा गरिने राजनीतिले के फाईदा ? अहिले हाम्रो देशमा यस्तै भएको छ । यहाँ जात-जातको नाममा राजनीति हुन्छ,धर्म-धर्मको नाममा राजनीति हुन्छ,क्षेत्र-क्षेत्रको नाममा राजनीति हुन्छ यो प्रथा कुनै पनि दृष्टिकोणले उचित छैन र यसको घोर भर्त्ससना गर्नु पर्छ । त्यसको लागि सबैमा सत्य र तथ्यताको वोध हुनु अत्यावश्यक छ । अस्तु...

कुशलकुमार निरौला
विराटनगर-१६ एवँ बसन्तपुर-५,तेह्रथुम
हाल :- मस्को,रसिया

No comments:

Post a Comment