Sunday, July 25, 2010

कर्तव्य

कर्तव्य






बिम्बको प्रतिबिम्बमा न भुल है

रुपको माधुर्यताले लोभ्याउँ छ !


कल्पनाको एक्लोपनमा नडुब है

भानुका कीरणले जिस्क्याउँला !!




समर्थताको नाममा धोका नदेउ

सामन्तिको पराकाष्ठाले लत्याउँला !

गरीबिको ओछे पनले नडराउँ

सुन खानीको महकले कोल्टे फेर्ला !!



वाद र प्रति वादको आस्वासन छाड

ममताले तिम्लाई तिरस्कार गर्ला !

समर्थन त केवल बाध्यता भैगो

एक्लो भएनि स्वतन्त्र सम्झ !!


नगाडहरुको बिगुल बोकि

कुना-कुनामा लहर छर !

अध्यारो पनको दीयालो बनि

आत्माको ज्योति प्रसारीत गर !!



गल्ली-गल्लीमा धोका पाएनि

त्यसैलाई अफ्नो गौरव सम्झ !

तीनजुरेको शिखरमा चढी

नेपाल आमाको मुहार हेर !!



रक्तिम गुँरास हाँसि रहे छ

देशको सान छ है त्यसैमा !

कर्तव्य हाम्रा धेरै छन् साथि

समय त्यसै खालि न फाल !!

समय त्यसै खालि न फाल !!





आचार्य कुशल कुमार निरौला


मास्को - रसिया

No comments:

Post a Comment