एक्कासी कर्णरन्ध्रमा घंटिको आवाज घन्किदा
तीनछक्क परे म बर्फिलो भूमिमा आगो सल्किदा ।
झुल्के घामको पहिलो किरण मेरै कानमा झल्किदा
नेपथ्यको कोलाहलमा झटारो नै रन्किदा ॥
त्यै झटारो कानमा परे जाली फुट्ने डरै छ
रुखमा परे आला-काचा फलै खस्न करै छ ।
टाउको ताक्ने त्यो झटारो भीड भित्रै भासियो
झटारोको नाता अब जान-जनमा गासियो ॥
आखा चिम्म पारेको त्यो शब्द रुपी झटारो
व्यंग बनि भित्र घुस्यो आइ पर्यो लठारो ।
शब्द ज्ञान त्यति छैन हानेको थ्ये झटारो
राके जुलुस निकाल्नु नै पर्न गयो झटारो ॥
कुशल कुमार
मस्को
No comments:
Post a Comment