Saturday, January 29, 2011

झटारो

झटारो 

एक्कासी  कर्णरन्ध्रमा  घंटिको आवाज  घन्किदा 
तीनछक्क  परे म बर्फिलो भूमिमा आगो सल्किदा ।
झुल्के घामको पहिलो किरण मेरै कानमा झल्किदा
नेपथ्यको  कोलाहलमा झटारो नै  रन्किदा ॥

त्यै  झटारो कानमा परे  जाली फुट्ने डरै छ 
रुखमा परे आला-काचा  फलै  खस्न करै छ ।
टाउको ताक्ने त्यो झटारो भीड भित्रै  भासियो 
झटारोको नाता अब जान-जनमा गासियो ॥

आखा चिम्म पारेको त्यो शब्द रुपी झटारो
व्यंग बनि भित्र घुस्यो आइ पर्यो लठारो ।
शब्द ज्ञान त्यति छैन हानेको थ्ये झटारो 
राके जुलुस निकाल्नु नै  पर्न गयो झटारो ॥

कुशल कुमार
मस्को 

No comments:

Post a Comment