Monday, June 20, 2011

मलाई चेतना भया

उधौली र उभौलिका ढुंगे देउता भाके पनि 
चिल्ला-चिल्ला पात भरि पुवा प्रसाद राखे पनि ।
प्रगतिको छेक छन्द केहि पनि देखिदैन 
पर पीडा बुझ्ने भनौ कहिँ पनि भेटिदैन ॥

विधिको यो विधान भनौ बिडम्बना नै कस्तो -कस्तो
शुप्त आशा भित्र भित्रै छोपिएर मरे जस्तो  ।
केहि गरौ भनि उठ्छु खुट्टा तान्ने मात्रै  भेट्छु
बाध्यतामा परे पछि आफ्ना पाईला आफै मेट्छु ॥

राँको बाल्न खोज्नेहरु  यो जीवनमा धेरै आए 
रिस-राग बोक्या रैछन उल्टी मुन्टी गोता खाए ।
भने जस्तो सजिलो चै छैन भन्ने बुझिसके 
अब चल्छु आफ्नै पाईला काँडा धेरै बिझिसके ॥

No comments:

Post a Comment