चिल्ला-चिल्ला पात भरि पुवा प्रसाद राखे पनि ।
प्रगतिको छेक छन्द केहि पनि देखिदैन
पर पीडा बुझ्ने भनौ कहिँ पनि भेटिदैन ॥
विधिको यो विधान भनौ बिडम्बना नै कस्तो -कस्तो
शुप्त आशा भित्र भित्रै छोपिएर मरे जस्तो ।
केहि गरौ भनि उठ्छु खुट्टा तान्ने मात्रै भेट्छु
बाध्यतामा परे पछि आफ्ना पाईला आफै मेट्छु ॥
राँको बाल्न खोज्नेहरु यो जीवनमा धेरै आए
रिस-राग बोक्या रैछन उल्टी मुन्टी गोता खाए ।
भने जस्तो सजिलो चै छैन भन्ने बुझिसके
अब चल्छु आफ्नै पाईला काँडा धेरै बिझिसके ॥
No comments:
Post a Comment