मिलन विन्दु – कुशलकुमार निरौला
अनमोल मेल थियो
उनको र मेरो
पद चिन्हमा
सुंघेका पातहरु तुच्छ हुन्थे
निसहारा र निरीह भएर फगत
स्वर्णिम भूमिको
आलिंगन गरिरहन्थे । ।
उनको धर्ती, मेरो
आकाश
उनी डुलीरहन्थिन्
धर्तीका प्रत्येक शिखर शिखरमा
र म उडीरहन्थे
आकाशका अग्ला-अग्ला गर्तहरुमा
तर मिलन विन्दु
दुवैका
एक थिए
आफ्नै देश ,आफ्नै धर्ती । ।
म चाहान्थे, हामी दुबैको
आपसी अनुसरण
अटूट रहोस् ,चली रहोस्
परन्तु मार्ग कति अलग थिए
एक मार्ग उनको थियो ,
अर्को मार्ग मेरो थियो
विचमा भासिएको धर्ती थियो । ।
इच्छा एक थियो , आशा एक थियो
एकदिन त अवश्य
दुबैका पाईला मोडिएलान्
अनि हाम्रो मेल हुनेछ
मेरो कवितामा
अनि हामी दुवै साथ साथै डुलौला
शब्दको त्यो शान्तिमा अनि
त्यो मिलन विन्दुमा-२ । ।
|
Thursday, May 8, 2014
मिलन विन्दु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment