नारी महिमा
- कुशलकुमार निरौला
यि नारी यिनैहुन् परेर भोगेकी शितोष्ण वात दुवै
मुटुको महिमा भिजेर पुछेका झर्रा रसिला खुबै ।
झिनो आशलिई बसेकी रहिछन् आशु पुछेर रुदै
कर्तव्य पाएनि नपाई जस चै हुनु नहुनु हुदै ॥
नारीको महिमा जानेनन् ऋषिले खै म के जानु कसै
रुपकी एकता देखिने भएनि कार्यानु भेदी जसै ।
कर्म क्षेत्री निखारिएकि यिनमा मन्त्रि उपमा लिंदै
सेवा भाव जागेर सदा तिनमा दासीको संज्ञा दिंदै ॥
भान्से लाग्नु परेमा यिनको मातृवत खुवी छ है
दु:खका दिनमा भुलेर ति पीडा यिनले हसाउछिन् ल है ।
धर्मको काममा सधै नै अगाडी बढे चढेर गरुन्
गरेको अरुले भूलको क्षमादान धर्ती शरण मै परून् ॥
नारी जीवन ज्योति बनेर रहने सौन्दर्य सृष्टि बनि
हुन्छन् त्याग-तप, दया र ममता तिम्रा आकर्षण भनि ।
नारी शान्ति,दया ,क्षमा र करुणा वात्सल्यकी सागर
नारी प्रकाष्ठ चित्त हृदयकी उत्प्रेरणा भै जाँगर ॥
नारी लोचन हुन् नविन जिवकी आभा नविनै हुँदा
स्वकष्ट लुकाई कलत्र भिजाई आंचल पखाली रुँदा ।
खाई नखाई जिउ नै सुकाई वात्सल्य भाव जागोस्
नारीको महिमा ब्रम्हाले गाएको नेष्ट सर्वत्र भागोस् ॥
मास्को,रुष महासंघ
No comments:
Post a Comment