Tuesday, June 9, 2009

शून्यको धेरै महत्व छ

शून्यको धेरै महत्व छ

शून्य शून्य नै छ
एक्लो छ विरानो छ
टाढा भए पनि नजिक छ
आखिर शून्य शून्य नै छ

नील गगन हो शून्य
प्रेम -प्रेमीको मिलन हो शून्य
हावाको साथि हो शून्य
धर्तीको माथी हो शून्य

योगिको ध्यान हो शून्य
पढाईको ज्ञान हो शून्य
अँकको सम्मान हो शून्य
एकान्त ठाँउ हो शून्य

अँकको अति प्यारो छ
यो आफैमा एक्लो र न्यारो छ यो
अँकको अगि-पछि लाग्छ
दश सम्म त पहिले आग्छ
दश देखि भने पछी भाग्छ

आफू सम्मान चाहदैन
तर जो सँग लाग्छ उसैको सम्मान बढाई दिन्छ
एकमा लागे दश हुन्छ
दुईमा लागे बीस हुन्छ

पछाडी लागे भाउँ बढाउँ छ
अग़ाडी लागे सम्मान बढाउँ छ
लाखौ करोडौका कुरा गर्छन्
आखिर साथि छ यै शून्य
यस्तै छ कमाल शून्य को

No comments:

Post a Comment