Tuesday, June 9, 2009

आषाढको पहिलो दिन महाकवि कालिदासको दृष्टिमा

आषाढको पहिलो दिन महाकवि कालिदासको दृष्टिमा

पुरा कविनाँ गणना प्रसँगे
कनिष्ठिकाsधिष्ठित कालिदास


सँस्कृत साहित्यमा महा कवि कालिदासको देनलाई जति प्रसँसा गरे पनि कमै होला | साक्षात कालिको वरदान पाएका महा कविले सँस्कृत साहित्यको विधामा एउटा नयाँ क्रान्ति ल्याइदिए | पत्निको गलत्याईबाट घर छाडी युवावस्थामा पढाई सुरु गरेर आफूलाई अकाट्य विद्वानको रुपमा चिनाउन सक्ने भएर घर फर्केको रातले नै कविको व्यक्तिगत जीवनमा मात्र नभएर सँस्कृत वाङ्मयमा नै नयाँ क्रान्ति ल्याईदियो | उनी आफ्नो पढाईलाई नयाँ मोडमा पुर्याएर लामो समय पछि घर फर्किदा सुनसान रातमा बाहिरबाट ढोका ढक्ढक्याउदै " अनावृत कपाटँ देहि " भन्छन् | भित्रैबाट पत्निले तीन शब्दमा आवाज दिइन " अस्ति कश्चित् वाक्विशेष " हुनत यी शब्दहरुको सीधै अर्थ " छ कुनै वाणीमा विशेषता " भन्ने हुन्छ | कालिदासले तीन शब्दबाट तीन महा काव्य र खण्ड काव्य नै रचना गरि दिएँ | अस्ति भन्ने शब्दलाई लिएर " कुमार सम्भव " जसको पहिलो स्लोक " अस्त्यूत्तरस्याँ ...... " भनेर सुरु हुन्छ | कश्चित् शब्दलाई लिएर "मेघदूतम् " जसको पहिलो स्लोक " कश्चित कान्ता विरहगुरुणाँ स्वाधिकार प्रमत्त ..." भनेर सुरु हुन्छ | वाक्विशेष शब्दलाई लिएर " रघुवँश महा काव्य " जसमा ..
वागर्थाविव सँपृक्तौ वागर्था प्रतिपत्तये !
जगत: पितरौ वन्दे पार्वति परमेश्वरौ !!

यसप्रकारले तीन महाकाव्य र खण्ड काव्य रचना गरेर सँस्कृत साहित्यको योगदानमा जुटेका कविका हात कहिल्यै रुकेनन !
सँस्कृतसाहित्यमा महा कवि कालिदास, भारवि, दण्डी र माघको नाम अग्र पङ्तिमा आउँछ |
उपमा कालिदासस्य भारवेअर्थ गौरवँ |
दन्डीना पदलालित्यँ माघे सन्ति त्रयो गुणा ||
कालिदासकाकृतिहरुमा उपमाको विशेष स्थानहुन्छ | "मेघदूतम्"मा कुवेरको श्रापले एक सालको सजाइ पाएको यक्षको पत्नि वियोगलाई पति-पत्नि मेल गराउने माध्यम स्वरुप मेघलाई दूत बनाएर हिमालय तर्फ जादा बाटामा आइपर्ने सँकट देखि लिएर मेघले ठाउँ-ठाउँमा पाउने सम्मान र सत्कारको विषयलाई लिएर दिइएको उपमाको वर्णन विद्वानहरुले मुक्त कण्ठले गरेका छन् |
आषाढको पहिलो दिन महाकवि कालिदासको दृष्टिमा

उपमाका धनी महाकवि कालिदासे मेघको माधयमबाट भन्न चाहनुहुन्छ :-
आषाढस्य प्रथम दिवसे मेघ माश्लिटसानुँ
वप्र कृडा परिणतगज प्रेक्षणीय ददर्श
आषाढ महिनाको पहिलो दिन नील गगनको शीतल छहारी मुनि पत्नि वियोगमा व्याकुल भएर बसेको यक्षको दृष्टि आकाश मण्डलमा मडारिएका मेघ माथि पर्न जान्छ | हुनपनि आषाढ महिनामा वर्षाको निमन्त्रण स्वरुप मेघहरु झुण्डका झुण्ड भएर हातिको झुण्ड मडारिए झै गगन मण्डलमा मडारिन थाल्दछन् | त्यो झुण्डलाई देखेर किसानले वर्षा हुने भो भन्ने भान लिन्छ भने पक्षिहरु चिर्विर कोमल कोलाहल लिएर आकास मण्डलमा पखेटा फैलाउँदै भौतारिन थाल्दछन् | महाकविको दृष्टिमा त्यो मेघको अर्कै महत्व छ | कविको दृष्टिमा आषाढ महिनाको प्रथम दिन देखिएको मेघ यक्षको पत्र बाहक दूत बनेको छ जो चै भगवान शँकरको नगर कैलास पर्वतलाई पारगर्दै धनाधीश कुबेरको नगर सम्म यक्षको सन्देस लिएर जाँदै छ | क्रमश.....


आचार्य कुशल कुमार
मस्को

1 comment:

  1. संस्कृतका श्लोकहरू अशुद्ध उद्धरण गरिएकोछ। एक दुई ठाऊँमा मात्र होइन।कतै अक्षर नै छुटेको छ। वैयाकरणलाई शोभनीय नहोला है। सुझाव मात्र।

    ReplyDelete