Tuesday, June 9, 2009

वास्तु विज्ञान: मानव समाजमा वास्तुको प्रभाव

आजकाल हाम्रो समाजमा वास्तुको निकै प्रभाव परेको देखिन्छ हुन त वास्तु विज्ञान आजको नविन खोज हैन ,वास्तुलाई प्राचिन विद्याको एक महत्वपूर्ण अङ्ग मानिन्छ यसलाई बुझेर उपयोग गर्ने हो भने निश्चित नै फाईदा उठाउन सकिन्छ वास्तु विज्ञानलाई बुझ्न र त्यसका फाईदालाई लिनु भन्दा पहिले दिशाहरुको ज्ञान हुनु अत्यावश्यक छ ।जब हामी पूर्व दिशातर्फ मुख फर्काएर उभिन्छौ भने हाम्रो देव्रे तर्फउत्तर र दाहिने तर्फ दक्षिण हुन्छ । हाम्रो पीठ पछाडी पश्चिम दिशाहुन्छ । जुन कुनामा दुवै दिशाहरु मिल्छन्, त्यो कुनो अत्यन्त महत्वपूर्णमानिन्छ , किन भने त्यसले दुवै दिशाबाट आउने शक्ति र ऊर्जालाईमिलाइदिन्छ ।
उत्तर र पूर्वका बीचको कुनोलाई उत्तर-पूर्व अथवा ईशानभन्दछन् ।
पूर्व र दक्षिणका बीचको कुनालाई दक्षिण-पूर्व अथवा आग्नेयभन्दछन् ,
दक्षिण र पश्चिमका बीचको कुनालाई दक्षिण-पश्चिम अथवा नैऋत्य भन्दछन् ।
उत्तर र पश्चिमका बीचको कुनालाई उत्तर-पश्चिम अथवा वायव्य कोण भन्दछन् र मध्य स्थानलाई ब्रह्रास्थानका रूपमा जान्न सकिन्छ ।
उत्तर
उत्तर दिशाका अधिष्ठित देवता कुबेर हुन् जसलाई धन र समृद्धिका द्योतक मानिन्छ । ज्योतिष शास्त्रानुसार बुध ग्रह उत्तर दिशाका स्वामी हुन् ।उत्तर दिशालाई मातृ स्थान पनि भनिएको छ । यस दिशामा स्थान खाली राख्नु अथवा कच्चा भूमि छोड़नु धन र समृद्धि कारक हुन्छ ।
पूर्व
पूर्वदिशाका देवता इन्द्र हुन् । आत्माका कारक अथवा जगत प्रकाशकसूर्यदेव पूर्व दिशाबाट नै उदय हुन्छन् । पूर्व दिशा पितृस्थानकोद्योतक हो । यस दिशामा कुनै प्रकारको रूकावट हुनु हुदैन । पूर्वदिशामा खुल्ला स्थान परिवारको मुखियाको लामो उमेरको प्रतिक हुन्छ ।
पश्चिम
पश्चिम दिशाका देवता हुन् भने ज्योतिषशास्त्रानुसार शनिदेव पश्चिम दिशाका स्वामी हुन् । यो दिशा प्रसिद्धि , भाग्य र ख्यातिको प्रतीक हो।
दक्षिण
यमदक्षिण दिशाका अधिष्ठित देवता हुन् । दक्षिण दिशामा वास्तुकानियमानुसार निर्माण गर्नाले सुख , सम्पन्नता र समृद्धिको प्राप्ति हुन्छ।
ईशान कोण
पूर्व र उत्तर दिशाहरु जहाँ मिल्दछन् त्यस स्थानलाई ईशान कोणको संज्ञा दिइएको छ । यो दुई दिशाको सर्वोतम मिलन स्थान पनि हो । यो स्थानभगवान शिव र जलको स्थान पनि मानिएको छ । ईशानलाई सदैव स्वच्छ र शुद्ध राख्नु पर्छ । यस स्थानले जलीय स्रोत - जस्तै कुवा , बोडिङ भएकोव्यवस्था सर्वोतम परिणाम दिन्छ । पूजा स्थानका लागि ईशान कोणलाई विशेष महत्व दीइएको छ । यस स्थानमा कूड़ा , फोहोर राख्नु , स्टोर , ट्वाइलेट आदि बनाउन वर्जित छ
आग्नेय कोण
दक्षिण र पूर्व मध्यको कोणीय स्थान आग्नेय कोणका नामले जान्न सकिन्छ । नामले नै स्पष्ट हुन्छ कि यो स्थान अग्नि देवताको प्रमुख स्थान हो । त्यसैले भान्सा अथवा अग्नि सम्बन्धि ( इलैक्ट्रॉनिक उपकरण आदि )राख्नकालागि यो विशेष स्थान हो । शुक्र ग्रह यस दिशाका स्वामी हुन् ।आग्नेयलाई वास्तुसम्मत निवासिहरुको उत्तम स्वास्थ्यका लागि जरूरी हुन्छ।
नैऋत्य:-
दक्षिण र पश्चिम दिशाको मध्य स्थानलाई नैऋत्य दिशाको नाम दिइएको छ । यस दिशामा निरूति अथवा पूतनाको आधिपत्य रहन्छ । ज्योतिषका अनुसार राहू र केतु यस दिशाका स्वामी हुन् । यस क्षेत्रको मुख्य तत्व पृथ्वी हो ।पृथ्वी तत्वको प्रमुखताका कारण यस स्थानलाई माथि उठेको गह्रुङो बनाएर राख्नु पर्छ । यस दिशामा खाल्टो , बोडिँग , कुवा इत्यादि हुनुहुदैन ।
वायव्य
उत्तर र पश्चिम दिशाका मध्यको कोणीय स्थानलाई वायव्य दिशाको नाम दिइएको छ । यस दिशाको मुख्य तत्व वायु हो । यस स्थानको प्रभाव छिमेकी , मित्रहरु र सम्बन्धि सँग राम्रो र नराम्रो सम्बन्धको कारण बनाउछ । वास्तुको सही उपयोगले यसलाई सदोपयोगी बनाउन सकिन्छ ।

वास्तुशास्त्रानुसार गृह निर्माण

हाम्रा प्राचीन धर्म ग्रन्थहरुमा जीवन जीउनेका अनेक सरल साधनहरु विद्यमान छन् | हामी अथक प्रयास गरेर धनोपार्जन गर्नमा दिन रात जुटिरहेका हुन्छौ | तर आर्जीत धनलाई खर्च गर्दा समयमा नै होस पुर्याइएन भने पछि पछुताउँनु सिवाय केहि हात लाग्दैन | त्यसैले कहि तपाई घरनिर्माणको बारेमा सोचिरहनु भएको त छैन ? नयाँ घर बनाउँदा कहिले र कसरी बनाउँनु पर्ला ? के भन्छ हाम्रो वास्तु शास्त्रले गृह निर्माणको सम्बन्धमा ? विवेचन गरौ :-

वास्तु शास्त्रमा प्राचीन मनीषिहरुले सूर्यको विविध राशिहरुमा भ्रमणलाई आधार मानेर उस महिनामा घर निर्माण प्रारम्भ गर्दाको फललाई विवेचना गरेको पाईन्छ |
1. मेष राशिमा सूर्य हुँदा घर बनाउँन प्रारम्भ गर्नु अति लाभदायक हुन्छ ।
2. वृषभ र‍ाशिमा सूर्य : संपत्ति बढाउँ छ , आर्थिक लाभ दिन्छ |
3. मिथुन राशिमा सूर्य : गृह स्वामीलाई कष्ट दिन्छ |
4. कर्क राशिमा सूर्य : धन-धान्यमा वृद्धि गर्छ |
5. सिंह राशिमा सूर्य : यश तथा सेवको सुख प्रदान गर्छ |
6. कन्या राशिमा सूर्य : रोग तथा बीमारी निम्त्याउँ छ |
7. तुला राशिमा सूर्य : सौख्‍य, सुखदायक हुन्छ |
8. वृश्चिक राशिमा सूर्य : धन लाभ गराउँछ |
9. धनु राशिमा सूर्य : भरपूर हानि एवँ विनाश गराउँछ |
10. मकर राशिमा सूर्य : धन, संपत्ति वृद्धि कारक हुन्छ |
11. कुंभ राशिमा सूर्य : रत्न, धातु लाभ गराउँछ |
12. मीन राशिमा सूर्य : चौतर्फी नोकसान गराउँछ |

घर बनाउँन प्रारंभ हमेशा शुक्ल पक्षमा नै गर्नु पर्दछ । फाल्गुण, वैशाख, माघ, श्रावण र ‍कार्तिक महिनामा शुरू गरिएको गृह निर्माण उत्तम फल दायक हुन्छ |

बार्नु पर्ने मुख्य कुराहरु :- मंगलबार र आइतबार , प्रतिपदा, चतुर्थी, अष्टमी, नवमी, चतुर्दशी र औशी तिथि, जेष्ठा, रेवती, मूल- नक्षत्र , वज्र, व्याघात, शूल, व्यतिपात, गंड, विषकुंभ, परिध, अतिगंड, योग - यिनीहरुमा घर निर्माण अथवा कुनै जीर्णोद्धार भूलेर पनि गर्नुहुदैन अन्यथा घर फलदायक हुदैन |

अति शुभ योगहरु :- शनिवार, स्वाति - नक्षत्र , सिंह - लग्न, शुक्ल - पक्ष, सप्तमी - तिथि, शुभ - योग र श्रावणको महिना यी सबै यदी एकै दिन मिलेमा अत्यन्तै सुख -समृद्धिकारक हुन्छ |

No comments:

Post a Comment