Tuesday, June 9, 2009

नेता

नेता
देख्ने रहर छैन अब
देख्नु न देख्नु देखियो
भोग्नु छैन कुनै पीडा
सबै पीडा भोगियो

राष्ट्र शक्ति जरा काट्ने
सामन्ति नै भोगि हुन्
कलुषका कीरणले
यिनै देश द्रोहि हुन्

छैन कुनै माया मोह
सबै कुर्शि भोगिहुन्
झुठताको पराकाष्ठा
छुरी बोक्ने योगि हुन्

नेपालीको राष्ट्र चिन्ह
धरापमा परेको
दौरा सुरुवाल कोट टोपि
सबै इज्जत झरेको

भन्छन यीनै देश द्रोहि
पश्चिमेली लोभमा
नक्कल गर्ने रहर यीनको
देशै बेच्ने खोजमा

लिए आषा सोझा-साझा
नेपालका सपूत्ले
भाषण सुने मख्खै पार्ने
साथ दिए कुन मुखले

जुन गोरु आएपनि
कानै मात्र चिरेको
अब जाग नेपालि हो
कति तल गिरेको

नएता न उताका यी
नेता भन्छन यीनैलाई
काम धाम केहि छैन
विश्वास गर्छौ तिनैलाई

जाग-जाग अब जाग
ढिलो भयो साथि हो
घुस खोरीको जड भन्ने
नेता नै हो साथि हो, नेता नै हो साथि हो

कुशल
बसन्तपुर-५, तेह्रथुम

No comments:

Post a Comment