Tuesday, June 9, 2009

केहि स्टेँन्डर बन (हास्य कविता)

केहि स्टेँन्डर बन (हास्य कविता)

दुनिया बदलियो क्षण-क्षण हेर
अणु परमाणु बदलिएको हेर
तिमि त्यसै लडि रहेछौ
भाग्य भरोसामा अडि रहेछौ

रुढिवादीलाई छोड साथि
जीवनमा परिवर्तन लेउँ !
परम्पराबाट माथि उठेर
केहि त स्टेँन्डर बनाइ देउँ

जबसम्म घरमा धन सम्पत्ति छ
बनि राख प्रिय आज्ञाकारी
पढे-लेखेर बिवाह गर्नु
अनि मात्र मेरो कुरो मान्नु

आमा बाबुको कनेक्शन काट
आफ्नो चुलो बेग्लै जलाउँ
ससुरालीको अब हुकुम चलाउँ
केहि त आफूलाई स्टेँन्डर बनाउँ

गर पार्थना हे प्रभु मलाई
पैशाको छ धेरै जरुरत
अर्थ समस्या तुरुन्त हल होस्
यस्तो कृपा मँ मा बक्सियोस्

नेपाली पनको इज्जतदार बनेर
सँघ सँस्थामा नाता जोड्नु
तर आपसि वार्तालापमा
अँग्रेजीको खुट्टा तोड्नु

यसैलाई प्रयोगवाद भन्दछन्
बुझ ! गहिराहि भित्र जाउँ
बिग्रेको छैन केहि अझै नि
केहि त अब स्टेँन्डर बनाउँ

हिड्दा-हिड्दै मेन रोडमा
फिल्मी गीत गाउँन सक्छौ
दोबाटोमा उभिएर तिमि
पानी पकौडा खान सक्छौ

बढि राख है ! उन्नति पथमा
कसको हिम्मत तिमिलाई रोक्ने
यति प्रख्यात बन कि तिमि
जसरी हलिको कामै हो जोत्ने

नयाँ सभ्यता नयाँ सँस्कृतिका
नाममा नित्य चमत्कार देखाउँ
बेला तिम्रै छ हे मेरा साथि
अब त केहि स्टेँन्डर देखाउँ

पिकनिकको यदि मुड बनेमा
ताजमहलमा जान सक्ने छौ
शरद पूर्णिमा देखाउँनलाई
उनलाई नि साथै लान सक्ने छौ

आलु पकौडा कोका-कोला
उनलाई खुवाएर मात्र खाउँ
बार रेस्टुरेन्ट दिन दिनै जाउँ
केहि त अझै स्टेँन्डर बनाउँ

कवि बन्ने इच्छा जागेमा
यो कला छ धेरै सजिलो
कोश खोलेर अगाडि राख्नु
क्लिष्ट शब्द खोज्नु दरिलो

शब्दको त्यहाँ जालो फिजाउनु
पाठकले त्यसको अर्थै न बुझुन्
कविता रच आफैले नबुझिकन
केहि त अब स्टेँन्डर बन

यसै युक्तिले महा कवि बन्नु
नयाँ ठाउँमा नया कविता भन्नु
तर याद राख्नु मेरो कुरो सधै
तिमि हमेसा स्टेँन्डर बन्नु

No comments:

Post a Comment