बिडंबना
कन्दर्पको दर्प यहाँ
चल्ने कुनै ठाउँ छैन
आन्दोलनका पारखिले
सु-शान्तिमा धोका दिए
स्वाभिमानको भाव यहाँ
जन जनमा जागिसक्यो
गोला-बारुद केहि हैन
भय-त्रास भागिसक्यो
घोरताको पराकाष्ठा
पलायनको छन्दै छैन
कसको विश्वास के नै छ र ?
हाँसि-खेलि बाच्ने हैन ?
लुकामारी खेल्ने रहर
बादलु झै छाई सक्यो
देश द्रोहि भन्ने विश्वास
सबै तिर भाइ सक्यो
आषा त्यसै पाएको हैन
समानताको चित्र खिच्ने
बुझे-बुझे अब बुझे!
धोका पाए मुटु बिझ्ने
खोस्टो बेर्ने बुढा बाजे
खुकुरी र याक खोज्छन्
शब्द नाद सुन्ने इच्छा
मन भित्रै शान्ति रोज्छन्
मेघनाद सुन्दा किसान
पानी पर्ने आष गर्थे
बारुदको खोक्रो स्वरले
कानेगुजी रित्ति सक्यो
त्रस्त भए कर्ण रन्ध्र
विभत्सताको ज्वाला छामि
कर्तव्य पालन गरेकै छौ नि
पारखि देशका सन्तति हामी
बिडम्बना यस्तै रैछ
कसलाई पोखौँ मनको व्यथा
खाइ न खाई जीउँ सुकाई
बिडम्बना भित्रको आषा
बिडम्बना भित्रको आषा
आचार्य कुशल कुमार
मास्को
No comments:
Post a Comment