Tuesday, June 9, 2009

नेपालीका लागि नेपाली

नेपालीका लागि नेपाली

प्रत्युषमा शीत लहर बोकेर त्यो दिव्य नादले ह्र्दय छुदै छ
बुद्धको सन्देश बुझेनौ बाबु ! भनेर त्यो गिरि सधै रुदै छ
कल-कल निनादीनि पतीत पावनी गन्डकि कोशिको भाव यहि छ
सप्त भू-खन्ड जहा पुगेनि ! नेपालीका लागि नेपाली नै छ 1

सु-शान्त देशका सन्तति हामी परिश्रम देखि भाग्नु हुदैन
धन-दौलत भन्ने हातको मैला सधै त्यसैमा लाग्नु हुदैन
गरीव असाय हर गल्ली छन् है सेवाले धर्म मानेको यहि हो
ति दीन दु:खिमा सद् भाव राख्ने नेपालीका लागि नेपाली नै हो 2

आयो अपूर्व आँट ओढेर अबयो नौलो आयाम लिदैं
जागे जोस जाँगर झिकि अब जन-जनमा शिक्षा दिंदै
फुल्थ्यो फूल फलामे फाली नलागि भन्न सकिन्न जसै
नेपालीका लागि नेपाली भन्ने भाव नभए सुध्रन्न देश त्यसै 3

कालो कलुष कल्पनाको कलपले कात्रो नबेरिकन
जाओस् जोस जाँगर जागिकन जन्मिएको जीवन
मान्नु मात्र छैन मोह र माया ममता मन्त्रादि साधिकन
हुन्न हैकमको हाँक हाँकेर सफल तत्व नजानिकन 4

दिन्थे देवल दाता सरिकन हुदै देवादि देवाङ्गना
छैन छाँक छनोट छत्र छहारी छबिले छाप छोडेको अझै
धर्ती जर्जर हुदैगयो कठै पाखन्ड राज भो जसै
भित्रि भाव-विभोर भाग्य नभए भाकेर हुन्न त्यसै 5

हिमाद्रि तुंग श्रिंग सम्म प्रबुद्ध शुद्ध नेपाली
स्वयं प्रभा समुज्ज्वला स्वतन्त्रता चाहने
अमर्त्य वीर सन्तति द्रिढ भएर सोचनु
प्रशस्त पुन्य पंथ छन् निडर भएर बढनु 6

प्रफुल्ल पन्थ प्रष्ट छन् प्रशून झै प्रगज्ज्वल
परोक्षमा प्रतीत हुदै प्रवाह पाइला चालनु
प्रवासको धर्तीबाट जाग्नुपर्छ नेपाली
मँ नेपाली तँ नेपाली हाँमी सबै नेपाली 7

नेपथ्यमा कोलाहल छ नेष्ट सोच्नु पर्दैन
खुनको नाता बुझ्नु पर्छ पापी त्यसै मर्दैन
राष्ट्र शक्ति तिमीनै हौं मै हूँ भन्ने नेपाली
जहाँ सुकै पुगे पनि सिंङ्गै हामी नेपाली 8

आचार्य कुशल कुमार

No comments:

Post a Comment