Saturday, May 29, 2010

खै त वीर ?

खै त वीर ?




आयो हिमालबाट पुकार
मेघ गर्जियो बार -बार !
पूर्व -पश्चिम हेर अपार
सपना आज भए साकार !!



खोजि रहेछन् दीग दिगन्त
फुल्यो फुल हो कि बसन्त ? !
वसु वसुधा पुलकित अंत
वीर भूमिमा के को वसन्त ? !!



सुन त्यहिँ हो कोइली तान
आखिर यहि हो विधिको विधान !
भुषण विधाका कवि कहा छन्
वीर भूमिमा वीरे कमि छन् !!



जंगे अड्डा यहि बनेथ्यो
स्वच्छन्दताको खाल्डो खनेथ्यो !
देशै आंकने धीर सुधिर
वीरको देशका खै त वीर ? !!

No comments:

Post a Comment