Wednesday, July 21, 2010

भानुको याद कहा पो आएन ....

भानुको याद कहा पो आएन ....




शार्दूल नाद ति क्रोडा विदीर्णा

रस नै रसको साधू प्रक्रीर्णा !

काव्यको कुन कुनामा खोजिन

छंद अलंकार कुन विधा रोजिन !!



रामायणको कुन काण्ड खोजिन

न घासी न रम्घा कही नै छोडिन !

शीतल पाटी कुवा नि इनार

भानु तिमीलाई खोजेथे किनार !!



युगको माग हो भानु फेरी आउ

रामायणमा कलप देखाऊ !

तिम्रो महिमा कहा पो छाएन

भानुको याद कहा पो आएन !!



सासू बुहारीको झगड़ा म देख्छु

बधू शिक्षामा तिमीलाई नै देख्छु !

कर्त्तव्य बोधमा तिमीलाई सम्झे

भक्त मालामा ख़ुशी भई रम्झे !!



आशा हराए कविको महिमा

बुझ्नु धेरै छ भानुको गरिमा !

देश परदेश एकतंत्र छाएन

भानुको याद कहा पो आएन !!

No comments:

Post a Comment