Sunday, August 22, 2010

श्रावण मास विशेष

श्रावण मास विशेष




हाम्रो वैदिक मान्यता अनुसार श्रावण महिनाको आफ्नै महत्व छ ! प्रत्येक महिनाका भिन्न -भिन्न देवता हुन्छन् ! हामि विक्रम संवतको आधारमा श्रावणलाई मान्ने गर्छौ जो सूर्यको अंशका आधारमा निर्धारित हुन्छ ! सूर्य एक राशिमा ३० दिन सम्म रहन्छन् जसलाई हामि बोलि चालीको भाषामा गते पनि भन्ने गर्छौ , तर कहिले काहि सूर्यका अंस र गतेमा मेल हुदैन कारण गते २८ देखि ३२ सम्मका हुन्छन् भने सूर्यका ३० सम्म मात्र हुन्छन् ! तिथिका आधारमा श्रावण गुरु पूर्णिमा पछि मात्र सुरु हुन्छ जसको प्रचलन उत्तरी तथा दक्षिणी भारतमा रहेको पाईन्छ तर गुजरात आदि प्रान्तमा भने धेरैले नेपाली गतेको आधारमा नै श्रावण आदि महिनाको पूजा-आजा गरेको पाइयो ! समग्रमा जुन सुकै मान्यता अनुसार भए पनि श्रावणको पुरा महिना भगवान शिवको पूजा आराधनाका निमित्त हुन्छ ! यस महिनामा भक्त जनहरु भगवान शिवलाई प्रशन्न गरेर आशिर्वाद प्राप्त गर्नाका निमित्त बिहानै देखि शिवालय हुदी बेलपाती,दुबो,दूध शुद्ध जल आदि आ-आफ्नो गच्छे अनुसारको पूजा सामाग्री र दान दक्षिणा लिएर धाउने गर्दछन् !



पुराणमा भगवान शिव उपासनाको उल्लेख गरेको पाईन्छ ! शिवको उपासना गर्दा पंचाक्षरी मन्त्र 'ॐ नम: शिवाय' र 'महामृत्युंजय' आदि मंत्रको जप अति उपयोगी मानिएको छ ! यी मन्त्रहरुको जप- अनुष्ठान गर्नाले सबै प्रकारका दुख ,भय ,रोग ,मृत्युभय आदि सबै दूर भएर मनुष्यलाई दिर्घायुको प्राप्ति हुने गर्दछ ! श्रीमद्भागव्त्को दोश्रो स्कन्धका अनुसार "बिद्याकामस्तु गिरिसम् " अर्थात बिद्या चाहनेहरुले शिवको उपासना गर्नु पर्दछ ! त्यसैले विद्यार्थीहरुले शिव आराधना गर्नु अति नै जरूरी हुन्छ ! भगवान शिवको नाम आशुतोष पनि हो ............

No comments:

Post a Comment