Saturday, August 21, 2010

म चाहन्छु

म चाहन्छु
लिएर पद म अन्जानको ,
आकाशमा उड्न चाहन्छु ,
बनेर थोपा म शीतको ,
तुलसी दलमा सुत्न चाहन्छु ,
बनेर सपना म आखाको,
परेली भित्र घुस्न चाहन्छु ,
बनेर वाणी म साधुको ,
ग्रन्थमा लिप्त हुन चाहन्छु ,
बनेर तरंग म समुन्द्रको ,
सुदूर कुनामा पुग्न चाहन्छु,
बनेर आशीष म ओठको ,
भावनामा डुब्न चाहन्छु ,
बनेर बिन्दु म यादको ,
रातमा सधै पघ्लिन चाहन्छु ,
मधुर आवाज म कोईलिको ,
बगैचामा एक्लै घुम्न चाहन्छु ,
सुगन्ध लिएर म फुलको ,
गुल्दस्ता बनेर बास्ना छर्न चाहन्छु ,
बनेर घुम्टो म बेहुलीको ,
टाउकोबाट तल खस्न चाहन्छु ,
बनेर नशा म प्यालाको ,
अश्रु बिन्दु बनि छल्कन चाहन्छु ,
बनेर जुनेली म रातको ,
राति -राति चम्किन चाहन्छु ,
जे म चाहन्छु किन चाहन्छु ?
जे हुन सक्दैन त्यो म चाहन्न
त्यसैले म सधै यहि चाहन्छु
त्यसैले सबैको भलो चाहन्छु !!



आचार्य कुशल कुमार निरौला
मस्को -रसिया

No comments:

Post a Comment