Monday, January 17, 2011

जगत्गुरु र हिन्दु धर्म

विद्या हराए काशी जानु न्याय न पाए गोर्खा जानु भन्ने उक्ति अब वास्तवमा चरितार्थ भएको छ । विश्वमान चित्रमा आध्यात्मिक  क्षेत्रको मूल थलो भनेर चिनिने भारत बर्षको बौद्धिक नगरी साक्षात् भगवान शंकरको त्रिशुलमा अडिएको ,कल-कल निनादिनी ,पतित पावनी ,भगवती भागीरथिको  पावन तटमा अवस्थित  काशिनगरी र त्यहाका विद्वानहरुलाई  नचिन्ने  कमै होलान् । आज पनि काशीका  विद्वानहरुको आफ्नै  गौरव र  गर्व छ । आद्यगुरु शंकराचार्यले  धर्म व्यतिक्रम नहोस् भनेर  चार 1. बद्रीनाथ  2. द्वारिका   3. जगन्नाथ पुरी  4. रामेश्वरम  धाम र  त्यहाँ  एक-एक शंकराचार्यलाई स्थापना  गराउनु भएको थियो  र त्यो  परम्परा अद्यावधि  कायम नै छ  जसलाई शंकर्याचार्य पीठको नामले पनि चिन्ने गरिन्छ । त्यो पीठ भन्दा तल्लो श्रेणीमा  विभिन्न किल्लाहरू हुने गर्छन्  जसलाई   आध्यात्मिक  भाषामा अखाडा   भन्ने गरिन्छ  अखडाको अर्थ  युद्धको मैदान भन्ने हुन्छ ,शंकराचार्यको अखाडा निर्माणको  तात्पर्य पनि यहि नै थियो कि  कसैले धर्म र धार्मिक क्षेत्र तथा धर्मप्रचारक माथि  अनैतिक हमला गर्छ भने  अखाडा  अगाडी आउने गर्दछ  । त्यसले  सबै अखाडाहरु मिलेर एउटा  अखाडा परिषद निर्माण   गरेका छन्  जसको मान्यता    सरकारले  नै दिएको हुन्छ  भारत वर्षका चार धाममा चार  शंकराचार्यहरु  हुन्छन उनीहरुलाई धर्म रक्षकको  नामले नै चिन्दा अनुपयुक्त  नहोला   । उनीहरुको  दृष्टिमा कुनै  नेपाल आमाको  गिरिकंदरामा  हुर्किएको  विशुद्ध  नेपाली नागरिकले  जगत्गुरुको उपाधि  पाउछ भने त्यो सिङ्गो नेपालको  लागि नै गौरवको कुरा हो ।त्यो  श्रेय पाउनुहुने  नेपालका प्रथम जगत्गुरु  चतरा {प्राचिन हरिद्वार सुनसरीका  बालसंत मोहनशरण  देवाचार्य  अवश्य नै निकै चोटिला हुनुन्छ । निम्वार्क सम्प्रदायमा  आबद्ध  बालसंतले नेपालमा पहिलो कुम्भ मेलाको  आयोजन गरेर  न केवल  नेपाल अपितु सम्पूर्ण विश्वलाई  नै चकित पारिदिनु भएको  तथ्य  अझै  हामीले बिर्सिएका  छैनौ   


    वाल सन्त मोहनशरण देवचार्य महाराज जीलाई भारतीय विशिष्ठ  विद्वानहरुको  विद्वत्परिषद अखाडा परिषद तथा  शंकराचार्य मठको  तर्फबाट नेपालकै प्रथम जगतगुरुको उपाधीद्वारा यही मिति २०६७ साल बैशाख १ गते विभूषित  गरेको थियो  । सम्पूर्ण  नेपालीहरु मध्येकै प्रथम जगतगुरुको उपाधी पाउनु भनेको आम नेपाल र नेपालीको सम्मानको रुपमा लिनै पर्छ  । जगतगुरुले नेपालको सुन्सरीमा अवस्थित पिन्डेस्वर धाममा एैतिहसिक  कुम्भ  मेला लगाउनको लागि आग्रणी भूमिका खेली विश्वकै सम्पूर्ण शक्तीपिठहरुको शिर  मानिने पवित्र देवस्थल नेपाल र शान्तिका अग्रणी  मानिने नेपालीको पहिचानमा महत्वपूर्ण सहयोग पुर्‍याउनु भएकोमा समेत वहाँलाई उक्त सम्मान प्रदान गरिएको हो  ।  जगतगुरुको उक्त प्रयासलाई हामी सबै राष्ट्रप्रेमी नेपालीहरुले सहयोग पुर्‍याउनु हामी सबै नेपालीहरुको प्रथम कर्तव्य पनि हो  

अब  जगत्गुरुको काधमा धेरै ठुलो जिम्मेवारी आएको छ । देश अहिले धर्म व्यतिक्रमको दल-दलमा  फसेको अवश्था छ । धर्म निरपेक्षको  नाममा  हिन्दु धर्ममाथि  ठुलो बज्रपात  भएको छ ,अन्य तथा कथित्  विदेशी संस्थाहरुले  विभिन्न लोभ र प्रलोभन देखाएर  सिधा-साधा नेपाली  सपूतहरुलाई  धर्म परिवर्तन  गराउने धृष्टता  गरिरहेका छन् । धार्मिक कार्यमा  जीवन यापन गर्दै जन-जनमा धार्मिक जागरण  दिलाउदै प्रगतिपथमा  बढीरहनु हुने  जगत्गुरुका लागि धर्म रक्षार्थ , विश्व हिन्दुत्व बोधार्थ  जन चेतना   अभियान चलाउनु  शिवाय अरुकुनै    विकल्प देखिदैन  

No comments:

Post a Comment