Thursday, May 8, 2014

मिलन विन्दु

मिलन विन्दु – कुशलकुमार निरौला

अनमोल मेल थियो
उनको र मेरो  
पद चिन्हमा
सुंघेका पातहरु तुच्छ हुन्थे
निसहारा र निरीह भएर फगत
स्वर्णिम भूमिको 
आलिंगन गरिरहन्थे

उनको  धर्ती, मेरो आकाश
उनी डुलीरहन्थिन्
धर्तीका प्रत्येक शिखर शिखरमा
र म उडीरहन्थे 
आकाशका अग्ला-अग्ला  गर्तहरुमा
तर  मिलन विन्दु दुवैका  
एक थिए
आफ्नै देश ,आफ्नै धर्ती

म चाहान्थे, हामी दुबैको 
आपसी अनुसरण
अटूट रहोस् ,चली रहोस्
परन्तु मार्ग कति अलग थिए
एक मार्ग उनको थियो ,
अर्को मार्ग मेरो थियो
विचमा भासिएको धर्ती थियो

इच्छा एक थियो , आशा एक थियो
एकदिन त अवश्य
दुबैका पाईला मोडिएलान्
अनि हाम्रो मेल हुनेछ 
मेरो कवितामा
अनि हामी दुवै साथ साथै डुलौला
शब्दको त्यो शान्तिमा अनि
त्यो मिलन विन्दुमा-२

सूर्यको छैन जरुरत
जुनकिरीको उज्यालो 
पर्याप्त हुनेछ
फ्यूज भएका बल्बहरुबाट
उज्यालाको समारोह हुनेछ
तिरस्कृत हुनेहरुको एक
मिलन विन्दु हुनेछ

जडबाट तिरस्कृत भएका
वृक्षहरू यहाँ पुरस्कृत हुनेछन्
कालिदासको शाकुन्तल भित्रका
निवारो,खन्यु ,जम्मु आदि
 फलहरुको नाम फेरिने छ
अनि ति कल्प वृक्षका 
फलहरु हुनेछन्
हाम्रो यस अटूट मिलन विन्दुका  
आशिक सहयात्रीहरुले
त्यो कल्प फलको स्वाद चाख्नेछन्
अनि फूल मालाले पुरस्कृत हुनेछन्
यो हाम्रो मिलन विन्दुमा

उसले अपमान निरन्तर सहयो
जसले सत्यको साथ दिएथ्यो
पाखण्डका पूजारीहरुले
झूठको दोसल्ला ओढेर
चोरी,ठगी,लुटपाट,वलात्कारको
एक छत्र साम्राज्य सोच्नेहरु
तिमीहरुलाई खवरदार !
यो हाम्रो मिलन विन्दुमा

No comments:

Post a Comment