Friday, May 7, 2010

हाम्रो देश नेपाल

नेपाल देशको लाग्दछ मायाँ सुन्दर हुनाले
विश्वको सामु पुग्दछु हामी नेपाली हुनाले !
विश्वलाई यहाँ चिनाउने हाम्रो सर्वोच्च हिमाल
त्यसैले गर्दा नेपाल हाम्रो अत्यन्त विशाल !!

नेपाली भनी जन्मली हामी बसेका जाति हौं
मुटुको भन्दा बढी छ मायाँ स्वदेश भक्त छौ !
रत्ति भर पनि देशको माटो चलाउन दिदैनौ
यता र उता चाप्लुसी खेल्ने व्यक्तिलाई मान्दैनौ !!

एकजुट भई बसेका हामी नेपाली जनता
अत्याचार मासी राखौला देश प्रतिको ममता !
एक पटक जन्म यो देशमा भयो फेरी त हुदैन
अमुल्य जीवन सम्हाली राखे ठाङ्गेले छुदैन !!

यहाँको माटो अति नै राम्रो हावा झन राम्रो छ
झर्ना त राम्रो छहरा राम्रो विचार नै राम्रो छ !
अमर श्रमिक यहाँका राम्रा वन जंगल राम्रो छ
यी सबै चिजको संयोगले हाम्रो देश नै राम्रो छ !!


करुणा पोख्रेल निरौला
विराटनगर -१६

No comments:

Post a Comment