Saturday, January 29, 2011

झटारो

झटारो 

एक्कासी  कर्णरन्ध्रमा  घंटिको आवाज  घन्किदा 
तीनछक्क  परे म बर्फिलो भूमिमा आगो सल्किदा 
झुल्के घामको पहिलो किरण मेरै कानमा झल्किदा
नेपथ्यको  कोलाहलमा झटारो नै  रन्किदा 

त्यै  झटारो कानमा परे  जाली फुट्ने डरै छ 
रुखमा परे आला-काचा  फलै  खस्न करै छ 
टाउको ताक्ने त्यो झटारो भीड भित्रै  भासियो 
झटारोको नाता अब जान-जनमा गासियो 

आखा चिम्म पारेको त्यो शब्द रुपी झटारो
व्यंग बनि भित्र घुस्यो आइ पर्यो लठारो 
शब्द ज्ञान त्यति छैन हानेको थ्ये झटारो 
राके जुलुस निकाल्नु नै  पर्न गयो झटारो 

कुशल कुमार
मस्को 

No comments:

Post a Comment