Monday, June 20, 2011

मलाई चेतना भया

उधौली र उभौलिका ढुंगे देउता भाके पनि 
चिल्ला-चिल्ला पात भरि पुवा प्रसाद राखे पनि 
प्रगतिको छेक छन्द केहि पनि देखिदैन 
पर पीडा बुझ्ने भनौ कहिँ पनि भेटिदैन 

विधिको यो विधान भनौ बिडम्बना नै कस्तो -कस्तो
शुप्त आशा भित्र भित्रै छोपिएर मरे जस्तो  
केहि गरौ भनि उठ्छु खुट्टा तान्ने मात्रै  भेट्छु
बाध्यतामा परे पछि आफ्ना पाईला आफै मेट्छु 

राँको बाल्न खोज्नेहरु  यो जीवनमा धेरै आए 
रिस-राग बोक्या रैछन उल्टी मुन्टी गोता खाए 
भने जस्तो सजिलो चै छैन भन्ने बुझिसके 
अब चल्छु आफ्नै पाईला काँडा धेरै बिझिसके 

No comments:

Post a Comment