Friday, January 13, 2012

नाताको घाउ -हाइकु

नाताको घाउ -हाइकु

प्रेत्येक नातामा 
हुन्छ  मिठास 
माझेर राख्नु ।

नून घोलियो
शहरिया करणले
मनै ओलियो ।

जन्म र  मृत्यु 
शरीरका रुप हुन् 
आत्मा अमर छ ।

भावले बाधियो 
बसन्त हरियो 
मन किन धमिलो ?।

रेशमी धागो
प्रेममा बाध्ने
बास्ना आउने।

तुषारे जाडो 
निष्ठुरी तलाऊ
न्यानो नै खोज्ने ।

शिशिरे  हावा 
उडाइ  लग्यो 
नाताको त्यो महक।

No comments:

Post a Comment